अनल ज्योतिमा प्रथम एसक्यूसी सम्मेलन सम्पन्न

ललितपुर । ललितपुर सुनाकोठी ढोलाहिटीमा रहेको अनल ज्योति माध्यमिक विद्यालयले प्रथम एसक्यूसी. सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ ।

स्टुडेन्ट क्वालिटि सर्कल (एसक्यूसी) वा विद्यार्थी गुणीय चक्र सम्मेलनमा अनल ज्योति माविका बिद्यार्थीहरुले आºना आठवटा मामला अध्ययन (केस स्टडी) प्रस्तुत गरेका थिए । प्रस्तुत भएका मामला अध्ययनमा इनोभेटिभ हवका जमुना महर्जन, गीता सिटौला, चन्द्र शेखर सापकोटा, कृष्ण ढकालले टिप्पनीकर्ताहरुको भूमिका निभाएका थिए ।

सम्मेलनमा विद्यार्थीहरुलाई प्यानल छलफलमा पनि सहभागी गराइएको थियो । छलफलमा भाग लिदै कक्षा ८ की सामना सुवेदीले एस. क्यू. सी. ले प्रतिभा, गुण र सीपको विकासमा टेवा पुगेको महसुस भएको र आºना सबै साथीहरु यसमा सहभागी हुन आग्रह गरेका थिए ।
उक्त सम्मेलनलाई प्यँब्सन केन्द्रीय उपाध्यक्ष श्री दीपीका थापाज्यूले उद्घाटन गर्नुभएको थियो भने प्यँब्सन केन्द«ीय सहअध्यक्ष श्री डि.के ढु¨ानाज्यूले प्रमुख वक्ताका रुपमा सम्मेलनको समापन गर्नुभएको थियो ।

सम्मेलनका संयोजक सुमन शाहले गरेका थिए । सीप र गुणले भरिपूर्ण नागरिक उत्पादन गर्ने विद्यालयको उद्देश्यलाई यस किसिमका सम्मेलनले सघाउ पुर्याएको बिद्यालयका प्रिन्सिपल निरोज महर्जनले जानकारी दिए ।

सम्मेलनमा ललितपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार बस्नेत, त्यसरी नै प्याब्सन महानगर कमिटिका कन्हैया कुवर, पुनम तुलाधर, सन्दीप बाल्मिकि, विद्या माली, जीना शाक्यको पनि उपस्थिति रहेको थियो ।

सम्मेलनमा अवलोकनकर्ताका रुपमा नाजरथ स्कुल, माछापुच्छे« स्कुल र ट्रिटन इन्टरनेशनल स्कुलका शिक्षक र विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

:86 Views

Leave a Reply