धर्तीका तारा नामक राष्ट्रियस्तरको कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । पोखराको जुनियर सिटिजन्स एकेडेमीको आयोजनामा ४ दिने राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न भएको छ । धर्तीका तारा नामक उक्त कार्यक्रममा देशभरिका २०० विद्यार्थी, ५० शिक्षकको सहभागिता रहेको थियो । विद्यार्थीहरुले विभिन्न कार्यक्रममा एक अर्काबाट सिक्ने मौका पाएका थिए । कार्यक्रमको पहिलो दिन होम स्टे, स्वागतबाट सुरु भएको उक्त कार्यक्रम दोस्रो दिन बेस्ट प्राक्टिस इन माई स्कुल, क्वालिटी क्वीज, Trash into Cash, Poetry , Conrad Spirit Innovation Challenge, Design Challenge तथा CES Quad Champs को छनोट सम्पन्न भएको थियो । दोस्रो दिन CES Quad Champs को फाइनल, Board games तथा Visit Pokhara हुनुका साथै तेस्रो दिन Quality Quiz Final , Collaborative Futsal सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा विशेष अतिथि क्वेस्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले पोखरामा रास्ट्रियस्तरको कार्यक्रम हुनु आफैमा गर्वको कुरा रहेको विचार व्यक्त गरेका थिए । अबको शिक्षा किताबी पढाई मात्र नभएर ब्यवहारिक हुनुपर्ने कुरामा उनको विशेष जोड थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरा महानगरपालिका वडा न. २६ का अध्यक्ष नारायण बरालले पोखराकै सान यो विद्यालय बिगत लामो समयदेखि बच्चाको सिकाईमा ठूलो योगदान दिएको विद्यालय भएको हुनाले आगामी दिनमा वडाको पूर्ण सहयोग रहने विचार ब्यक्त गरे । धर्तीका तारा नामक कार्यक्रमका जन्मदाता दिपक गौतमले बच्चाको सिकाइमा अत्यन्तै योगदान दिएको उक्त कार्यक्रममा आफ्नो सानो योगदान दिन पाएकोमा गर्व महसुस भएको बताए ।
तीन दिनको सो कार्यक्रमबाट आफूहरुले निकै सिक्न पाएको विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थीको प्रतिक्रिया रहेको थियो । कार्यक्रममा धनगढ़ीको सामुदायिक विद्यालय सरस्वती मावि उत्कृष्ट सहभागी विद्यालय घोषित भएको थियो । आगामी संस्करणको यो कार्यक्रम झापाको झापा मोडेल स्कुल मा हुने जनाइएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव