शंकरका विद्यार्थी धुलिखेलदेखि नमो बुद्धसम्म

भक्तपुर । भक्तपुर दधिकोटस्थित शंकर नेशनल स्कुलले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एक रात दुई दिनको भ्रमण लगिएको छ ।
धुलिखेल हाईट र नमो बुद्धमा हाइकिङ सहितको भ्रमणको पहिलो दिन विद्यार्थी लगायत शिक्षकहरुले धुलिखेलमा समय बिताएका थिए । क्याप फायर, नृत्य र खेलहरुले भ्रमणलाई अझ रोमाञ्चक बनाएको विद्यार्थीहरुले बताए । जीवनमा पहिलो पटक घर बाहिरको वातावरणमा बस्न सिकेका विद्यार्थी निकै नै उत्साहित र खुसी भएका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि स्कुलले पनि प्रर्वद्धन गर्न अगाडि बढेको छ । नमो बुद्धमा घुमफिर गरी फोटो सेसनमा सहभागीता भई प्रत्यक्ष रुपमा अवलोकन साथै विभिन्न विषय वस्तुहरु बारे ज्ञान बटुलेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव