अमिनिटी स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

भक्तपुर । मध्यपुरथिमी नगरपालिका–३ तेर्साटारस्थित अमिनिटी इंग्लिस सेकेण्डरी स्कुलको वार्षिकोत्सवमा विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको छ ।

फागुन ३ गते विद्यालयको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न विधामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वर्षभरि विद्यालयको लागि पदक भित्राउने विद्यार्थीहरु जश्मि अधिकारी, क्षितिज बस्नेत, सुवाष पन्त, सविना तामाङ, सविना कार्की, संगीता तामाङ, मिलन तामाङ, अभिषेक पराजुलीलाई ‘अमिनिटीका तारा’ को उपाधिले सम्मान गरिएको थियो । त्यस्तै वर्ष २०७६ उत्कृष्ट विद्यार्थीको उपाधि विनय थापा (प्रि प्राइमरी), इशानी बस्नेत (प्राइमरी), विकल रायमाझी (लोर सेकेन्डरी), जश्मि अधिकारी (सेकेन्डरी) घोषित भएका थिए । कार्यक्रममा विद्यालय एसईई टपर विवेक ढुङ्गाना (२०७३), पुनम प्रजापति (२०७४), प्रकाश आचार्य र कृतिका भट्टराई (२०७५) लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा ५ वर्ष वा सो भन्दा बढी सेवा गरेका ६ जना शिक्षकहरु बालकृष्ण केसी, योगेन्द्र अधिकारी, कुमारी रिजाल, अमृत दाहाल, रविन खड्का, श्यामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।  विद्यालयको वार्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच भएको विभिन्न खेलहरुका विजेता अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय प्याब्सनका सह अध्यक्ष डि.के.ढुङ्गानाले आफ्नो बच्चालाई हौसला दिन र प्रेम गर्न आग्रह गरे । उनले अहिलेको समयमा विद्यार्थीलाई ज्ञान, सिप र संस्कार दिन आवश्यक रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुर्य बहादुर भण्डारीले विद्यालयको गतिविधी, योजनाका बारे अभिभावकहरुलाई जानकारी दिएका थिए । उनले २०७७ सालदेखि प्रिप्राइमरी कक्षामा ABL (Activities Based Learning) विधी प्रयोगमा ल्याउने बताए । यो विधीमा किताव नचाहिने र यसले विद्यार्थीको चौतर्फी विकास हुने उनले बताए ।

:375 Views

Leave a Reply