विद्यालयस्तरीय छात्र म्याराथुन दौड फागुन १२ गते हुँदै

भक्तपुर, फागुन ४ । विद्यालय र विद्यार्थीको हित गर्ने उद्देश्यले स्थापित गैर नाफामूखि संस्था शिक्षा विकास संजालको पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा भक्तपुर जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिता फागुन १२ गते हुने भएको छ । शंखधरचोकबाट सुरु भई सानोठिमी गठ्ठाघर फुटवल ग्राउण्डमा सहिने उक्त दौड ५ किमिको हुने आयोजकले बताएको छ ।

म्याराथुन फर एजुकेशन २०७६ मूल नारा सहित आयोजना हुन लागेको उक्त दौड प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका छात्र विद्यार्थीले सहभागिता जनाउँदै छन् । फागुन ८ गतेसम्म नाम दर्ता गराउँन सकिने संजालका अध्यक्ष वीरेन्द्र जयनाले बताए । उनले भक्तपुर जिल्लाका विद्यालयलाई कार्यक्रम सफल बनाउन सहभागीताको लागि आग्रह गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद रु. २००००, दोस्रो हुनेलाई १५०००, तेस्रो हुनेलाई १०००० र ५ जना सन्त्वनालाई जनही ३००० सहित मेडल र प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।

:283 Views

Leave a Reply