ट्रिटन ईन्टरनेशनल कलेजको ‘ट्रिटन फेयर २०२०’ सम्पन्न

काठमाडौँ डिभि एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित सुविधानगर, तीनकुनेस्थित ट्रिटन ईन्टरनेशनलकलेजले आयोजना गरेको दोस्रो ट्रिटन महोत्सव (ट्रिटन फेयर २०२०) सम्पन्न भएको छ ।
आयोजक ट्रिटन कलेजसहित उपत्यकाका विभिन्न १० वटा कलेज र २६ वटा विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा राखी उनीहरूको सीप तथा वौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले प्रतियेगितात्मक रुपमा उक्त फेयरको आयोजनागरिएको कलेजका उपप्राचार्य श्रीकृष्ण विष्टले बताउनुभयोे ।
दोस्रोपटक आयोजना गरिएको सो महोत्सवमा विद्यार्थीहरूले विभिन्न विज्ञान, काष्ठकला, चित्रकला, नयाँनयाँ सृजनासहित सांस्कृतिक प्रस्तुतिप्रस्तुतगर्नुका साथै खानेकुराको स्टल समेत प्रर्दशनीमा राखिएको थियो । फेयरमा उपत्यकाका २ वटा विद्यालयका विद्यार्थीहरूले चित्रकलाप्रतियोगितामा भाग लिएका थिए भने १५ वटा विद्यालयले विज्ञान तथा प्रविधिप्रदर्शनीमा राखेका विद्यालयका अतिरिक्त क्रियाकलाप एव्म खेलकूदमा भाग लिएको कुरा संयोजककुमार थापाले बताए ।
महोत्सवको उद्घाटन गर्दै शिक्षा विभागअन्तर्गतको मानवस्रोत तथा शिक्षाविकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले योग्यनागरिक उत्पादनमा नीजि शैक्षिक संस्थाको योगदान महत्वपूर्ण रहेतापनि १२ कक्षा सक्ने वितिक्कै युवा पुस्ताविदेश जाने परिपाटीले देशमा शिक्षित व्यक्तिहरुको कमी हुँदै गएकोमा भने चिन्ता व्यक्त गरे । ‘अब युवा पुस्तालाई स्वदेशमै बसेर केही गर्नुपर्छ भनेर शैक्षिक संस्थाले ज्ञान दिनु आवश्यक छ’ उनले भने ।
ट्रिटन ईन्टरनेशनलकलेजका प्रवन्धनिर्देशक तरुणप्रताप शाहले ट्रिटन कलेजले अन्तराष्ट्रिय स्तरको शिक्षा स्वदेशमै दिँदै आएको बताए भने कलेजक प्राचार्य समिर शर्माले विद्यार्थीहरुको बौद्धिक ज्ञान र क्षमतालाई अरु माझ देखाउनका लागि ट्रिटन फेयरले सहयोग गरेको बताए ।
उक्त फेयर उद्घाटनका अवसरमा वि.पि कोइराला मेमोरियल प्लानेटोरी तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डा.सनतकुमार शर्मा, भिजीट नेपाल २०२० को सचिवालयका सदस्य सचिव बच्चुबहादुर श्रेष्ठ, महामनगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि दुर्गाराज रेग्मी, वरिष्ठ पत्रकार बलराम प्यासी, एकीकृत उपभोक्तामञ्चका अध्यक्ष मदन शिवाकोटी, कलेजको प्रशासनप्रमुख ऋतु न्यौपाने, ट्रिटन सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदीलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव