काव्यको अभिभावक दिवसमा नगदसहित शिक्षकहरु सम्मानित

काठमाडौं । ‘विद्यार्थीलाई गृहकार्य नदिने’ विद्यालयको रुपमा परिचित काव्य स्कुल नयाँबानेश्वरको एघारौंैं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथै विद्यालयमा १० वर्षदेखि सेवारत शिक्षक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा नेपाल स्काउटका निवर्तमान तदर्थ समितिका सदस्य एवम् स्काउट गुरु देवदुत अधिकारी, शिक्षकत्रय ठमनाथ लम्साल, सविना श्रेष्ठ र कैलाश राई, नवौं दक्षिण एशियाली खेलकूद सागमा स्वर्ण पदक विजेता विजय सिंजालीका साथै कर्मचारीद्वय रवीन्द्र थापा र भगवान खत्री छन् ।
उनीहरुलाई भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक निर्देशकहरु दिलिप थापा, रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले शिक्षक र कर्मचारीलाई जनही नगद १० हजार, ताम्रपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।
सोही अवसरमा विद्यालयको सुलोचना सदनलाई उत्कृष्टताको ट्रफि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले नेपालको शैक्षिक विकासमा काव्य स्कुलले पुर्याएको योगदानको चर्चा गरे ।
विद्यालयका संस्थापक निर्देशक धर्मेन्द प्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको १० वर्षे प्रगती विवरण प्रस्तुत गर्दै काव्य स्कुलका सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अव्वल र सक्षम बनाउन कुनै कसर बाँकी नराखेको बताए ।
कार्यक्रममा अभिभावक लक्ष्मी पोखरेलले पनि बोलेकी थिइन् । त्यस अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको साथै कराँतेका कला पनि प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव