प्रज्ञाको ३० औँ वार्षिकोत्सव, एसईई दिएका विद्यार्थी पुरस्कृत

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित प्रज्ञा इंग्लिश सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
शनिबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंकप्रसाद सिटौलाले विद्यार्थीको सर्वाङ्गिक विकासका लागि विद्यालयले खेल माध्यमबाट शिक्षण गराइरहेको बताउँदै उनले भने, ‘हामीले बौद्धिक विकासलाई मात्र नभएर विद्यार्थीको शारिरीक विकासमा पनि जोड दिदै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा प्रेरित गर्छौँ ।’
वार्षिकोत्सवको अवसरमा २०७४ र २०७५ मा एसईई दिएका ७७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै ६४ ब्याचमा उत्कृष्ट हुन सफल भएका सरु खड्का, चन्द्रीका योगी, प्रभाकर रोका र ७५ ब्याचमा रोजी भण्डारीलाई नगद रु ५ हजारसहित सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा अन्तर्गत विद्यार्थीले गीत, नृत्य र नाटकलगायतका क्रियाकलाप प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव