ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न

मध्यपुर ठिमी,फाल्गुन १० | मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर उद्योग वाणिज्य संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर एघारौं रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।
अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी,अभिभावक,समाजसेवी, शुभेच्छुक तथा पत्रकार लगायत ५६ जना पुरुष र २६ जना महिला गरि जम्मा ८२ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले रगत दिई सुरु गरेको कार्यक्रम विहान ११:०० वजेबाट सुरु भइ दिउँसो २:०० वजे सम्पन्न गरियो । ग्ल्याडस्टोन समुदायमा (Gladstone in community )का रूपमा विभिन्न सामाजिक सेवामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा विगत ११ वर्षदेखि निरन्तर रूपमा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरिएको र यसबाट मानवीय सेवाका साथ अपार आत्मसन्तुष्टि प्राप्त हुने प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताउनु भयो।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव