‘बालबालिकाको सबैभन्दा ठूलो कक्षाकोठा नै उसको घर हो’ : प्रिन्सिपल गौतम

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित गोल्डन सुनगाभा इंग्लिश सेकेण्डरी स्कुलका प्रिन्सिपल महेशचन्द्र गौतमले बालिबालिकाको सबैभन्दा ठूलो कक्षाकोठा उसको घर हुने भएकाले अभिभावकले त्यस कक्षाकोठा राम्रो बनाउनुपर्ने बताएका छन् ।
विद्यालयको २४ औं वार्षिकोत्सव र अभिभावक दिवसका अवसरमा उनले विद्यालय र बालक अघि बढाउन अभिभावककै हात हुने उल्लेख गर्दै भने, ‘अभिभावकले आफ्ना बालबालिकालाई ४ स अर्थात् समय, शिक्षा, सिप र संस्कार दिनुपर्छ । बालबालिकासँग साथीको भावनाले अगाडि बढेमा उसको विकासमा मद्दत पुग्छ । आफ्ना बालकलाई माछा मारेर दिने होइन, उसलाई त माछा मार्ने जाली दिनुपर्छ ।’
चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेको सो कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । शैक्षिक सत्र २०७५ मा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै कक्षा ७ का कृतन न्यौपानेले उत्कृष्ट वर्ष गायक तथा सुनगाभा आइडलको उपाधि हासिल गरेका थिए । कक्षा ९ का पियुष श्रेष्ठले उत्कृृष्ट वर्ष कलाकारको उपाधि हासिल गरे । कार्यक्रममा उत्कृष्ट वर्ष नाटक कलाकारमा सञ्जिता दुलाल (कक्षा ९), स्काउटतर्फ उत्कृष्ट विद्यार्थी सयुज्या बास्तोला (कक्षा ७) र उसुतर्फ उत्कृष्ट विद्यार्थी रोहल रसाइली (कक्षा ८) घोषित भएका थिए ।
त्यस्तै वर्षको उत्कृष्ट फुटबल खेलाडीमा कक्षा ४ का आरुष तामाङ र वाद्यतर्फ उत्कृष्ट वर्ष खेलाडीमा कक्षा ९ का रितेश खत्री चयन भएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७४ र २०७५ मा एसईई दिएका ५२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । पूर्व प्राविबाट सर्जन खड्का, प्राविमा हेमन्त पौडेल र माविमा वेविशा पराजुली विद्यालयका उत्कृष्ट विद्यार्थी चयन भएका थिए । त्यस्तै हाउस रनिङ शिल्ड रेड हाउसले पाएको थियो ।
शनिबार सम्पन्न सो कार्यक्रममा आफ्नो बालबालिकाले गरेका नृत्य, नाटकले अभिभावक खुसी देखिएका थिए ।
:821 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव