कुन विद्यालय कतिऔं स्थानमा ? यी हुन् चार पालिकाका पाँच उत्कृष्ट विद्यालय

हरिसुन्दर छुकां/ भक्तपुर १४ साउन । शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्लाकाभरका सामुदायिक विद्यालयको स्तर निर्धारण गरेको छ ।
इकाईले माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात् एसईईको नतिजाअनुसार विद्यालयको स्तर निर्धारण गरेको हो । ‘हामीले प्रत्येक विद्यालयको एसईईको नतिजा अध्ययन गरी विद्यालयको स्तर निर्धारण गरेका छौं, यसले कुन विद्यालय कतिऔं स्थानमा छ रु भन्ने पत्ता लागेको छ ।’ इकाईका प्रमुख हरिप्रसाद दाहालले भने ।
इकाईले गत असार ८ गते राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजाका आधारमा जिल्लाका ४२ सामुदायिक विद्यालय, खुला तथा गृहिणी विद्यालय र प्राविधिक धारतर्फको विद्यालयको नतिजा अध्ययन तथा नतिजा विश्लेषण गरेको थियो ।
‘करिब एक महिना लगाएर गरिएको विश्लेषणबाट विद्यालयको क्रम पत्ता लागेको छ । यो क्रमले विद्यालयलाई अझ काम गर्न हौसला मिल्नेछ ।’ इकाईको कार्यक्रम शाखाका प्रमुख यमुना पोखरेलले बताइन् ।
‘हामीले प्रत्येक विद्यालयको एसईईको नतिजा अध्ययन गरी विद्यालयको स्तर निर्धारण गरेका छौं, यसले कुन विद्यालय कतिऔं स्थानमा छ रु भन्ने पत्ता लागेको छ ।’
इकाईका अनुसार विद्यालयले पाएको कूल जिपिएलाई परीक्षामा सहभागी विद्यार्थीले भाग गरी विद्यालयको औसत जिपिए निकालेर क्रम निर्धारण गरिुएको हो । उक्त क्रमअनुसार जिल्लाको सर्वोत्कृष्ट विद्यालयमा भक्तपुर नगरपालिकास्थित मेधा माध्यमिक विद्यालय परेको छ भने कमसल विद्यालयमा मध्यपुर थिमीको जनक सिद्धिकाली मावि परेको छ ।
इकाइले तयार गरेको विवरण अनुसार दोस्रो स्थानमा वागीश्वरी मावि, तेस्रोमा तारा मावि, चौथौमा सुडालस्थित सरस्वती मावि र पाँचौंका गुण्डुको ज्योति मावि परेका छन् । त्यस्तै नंखेलको भुवनेश्वरी, भक्तपुर नपाको शारदा मावि, सिपाडोलको गणेश मावि, गाम्चाको अरनिको मावि, छालिङको गणेश मावि क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छ ।
इकाइको सो तथ्यांकका आधारमा भक्तपुरका उत्कृष्ट पाँच विद्यालयको सूचीमा क्रमशः मेधा, वागीश्वरी, तारा, शारदा र गणेश मावि भार्वाचो परेको छ । त्यस्तै चाँगुनारायण नगरपालिकाका पाँच उत्कृष्ट विद्यालयको सूचीमा सरस्वती मावि, थाकलमठ, गणेश मावि, छालिङ, पञ्चकन्या मावि, सुडाल, वागेहिणी मावि, वागीश्व्री र चाँगुनारायण मावि, दुवाकोट परेका छन् ।
जिल्लागत विद्यालयको क्रम
१। मेधा मावि
२। वागीश्वरी मावि
३। तारा मावि
४। सरस्वती थाकलमठ
५। ज्योति मावि
६। भुवनेश्वरी मावि
७। शारदा मावि
८। गणेश सिपाडोल
९। अरनिको मावि
१०। गणेश मावि छालिङ
११। गणेश मावि भार्वाचो
१२। शान्ति निकेतन राम मन्दिर
१२। गणेश मावि नगदेश
१४। जागृति मावि
१५। पंचकन्या मावि
१६। सरस्वती विद्यागृह
१७। बोडे मावि
१८। आदर्श लायकू
१९। वागेहिनी मावि
२०। चाँगुनारायण मावि
२१। सिरुटार मावि
२२। कालिका मावि
२३। जोरपाटी मावि
२४। आदर्श सा। ठिमी
२५। शान्ति निकेतन, सिपाडोल
२६। बालप्रेमी मावि
२७। बासु मावि
२८। देवी मावि
२९। बालसुधार मावि
३०। विद्यार्थी निकेतन मावि
३१। श्री पद्म मावि
३२। आजाद मावि
३३। महेन्द्रग्राम मावि
३४। महेन्द्र शान्ति
३५। सरस्वती मावि काँक्राबारी
३६। आदर्श आजाद मावि
३७। समाज सुधार मावि
३८। कृष्ण मावि
३९। चुनादेवी मावि
४०। दोलागिरी मावि
४१। गणेश मावि ताथली
४२। जनक सिद्धिकाली मावि
त्यस्तै सूर्यविनायक नगरपालिकाका उत्कृष्ट पाँच विद्यालयहरुमा क्रमशः ज्योति मावि, भुवनेश्वरी मावि, गणेश मावि, अरनिको मावि र सिरुटार मावि परेका छन् । त्यस्तै मध्यपुर थिमी नगरपालिकाभित्रका विद्यालयहरुमध्ये गणेश मावि, नगदेश, बोडे मावि, आदर्श लायकूू, आदर्श जनप्रेमी र बालप्रेमी मावि उत्कृष्ट पाँचमा परेका छन् ।
:7318 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव