एक्टिभको २५ औँ वार्षिकोत्सवमा ५ वर्ष निरन्तर शिक्षण गर्ने १२ शिक्षक सम्मानित

भक्तपुर, ११ फागुन । भक्तपुरको मध्यपुर थिमीस्थित एक्टिभ इंग्लिश स्कुलको २५ औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन मध्यपुर थिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले गरेका थिए । सोही अवसरमा विद्यालयले ५ वर्ष अध्यापन गरेका १२ शिक्षक शिक्षिकालाई सम्मान गरेको थियो । जसअन्तर्गत शिक्षकमा अनुप नकर्मी, राजन सुकुभटु, अजय प्रजापति, तुल्सीराम श्रेष्ठ, प्रविन श्रेष्ठ सम्मानित भएका थिए । त्यस्तै शिक्षिकामा उर्मिला प्रजापति, रीतु प्रजापति, प्रेमा चित्रकार, अनिता चित्रकार, रामलक्ष्मी श्रेष्ठ, अन्जना प्रजापति, सजना प्रजापति सम्मानित भए । विद्यालयमा ५ वर्ष निरन्तर कार्य गरेका आया तिर्थमाया थामी र सीता भण्डारीलाई पनि सम्मानित गरेको थियो ।
त्यस्तै विद्यालयले विद्यालय स्थापनाकालदेखि निरन्तर अध्यापन गर्दै आएकोमा विद्यालयका शिक्षक सागर गरागाईलाई नगदसहित सम्मानित गरेको हो । विद्यालयमा शैक्षिक सत्र २०७५ मा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वीतीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा अभिभावकलाई अभिप्रेरित गर्नका लागि अभिभावकलाई पनि विभिन्न विद्यामा सम्मानित गरेको थियो । लगातार दुई दशकसम्म आफ्ना नानीबाबुहरुलाई दैनिक स्कुलमा पुर्याउन र लिन आउने अभिभावक पूर्णबहादुर शाहीलाई विद्यालयले सम्मान गरेको हो । साथै नर्सरीदेखि कक्षा १० सम्म सोही स्कुलमा अध्यापन गराएका अभिभावक जगतकृष्ण प्रजापति, दिलबहादुर प्रजापति, पुष्पराज राउत, राजु श्रेष्ठ, तुल्सीबहादुर श्रेष्ठ, रबिन सापाल र बाबुकाजी उप सम्मानित भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमअन्तर्गत नृत्य र गीत प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव