१५ महिनादेखि शिक्षकले पाएनन् तलब

काठमाडौं १८ साउन । निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन् ।
शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र धामीले बताए । नगरपालिकाका केही विद्यालयले वर्षमा एक दुई महिनाको तलब दिए पनि अधिकांश विद्यालयका निजी स्रोतका शिक्षकले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण तलब नपाएको उनले बताए ।
सँगै पढाउँदै आएका राहत, अस्थायी र स्थायी शिक्षकले आफ्नै अगाडिबाट तलब थापेर जान्छन् उनले भने, आफूहरूले भने टुलुटुलु हेरेर निराश हुनुबाहेक अर्को विकल्प छैन ।
कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रका विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले नगरपालिकाले निजी स्रोतका शिक्षकका लागि तलबको व्यवस्था नगर्दा यस्तो परिस्थिति आएकाले तलबका लागि अनुदानको व्यवस्था गरिदिनुपर्नेमा अध्यक्ष धामीले जोड दिए । सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नगर सञ्जालका अध्यक्ष बिष्णुदत्त जोशीले शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नुपर्ने दायित्व भएको बताए ।
सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि विषयगत शिक्षकको व्यवस्था अनिर्वाय हुनुपर्दछ, शिवशंकर माविका प्रधानाध्यापक बिष्णुदत्त जोशीले भने, “विद्यार्थी अनुपातमा शिक्षक अभाव भएकाले निजी स्रोतका शिक्षक नभए विद्यालय नै बन्द हुने अवस्था छ तर स्थानीय तहले तलबको व्यवस्था गर्नुपर्नेमा चासो दिएको छैन ।”
“शुल्क लिएर विद्यालय सञ्चालन गर्न निकै गाह्रो छ । अभिभावकको आर्थिक अवस्था निकै कमजोर छ । यस्तो अवस्थामा निजी स्रोतका शिक्षकलाई तलब दिन सकिएको छैन” शिद्ध बैजनाथ माविका प्रधानाध्यापक धनसिंह महराले भने । केही आधारभूत तहका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले रु चार हजारदेखि पाँच हजारसम्म तलब पाउँछन् । त्यही तलब दुई वर्षसम्म नपाउँदा शिक्षकको मनोवल खस्केको उनले बताए ।
नगरपालिका प्रमुख दिलबहादुर ऐरले निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्ने प्रयास भइरहेको जानकारी दिए । नगरपालिकामा सञ्चालित ३२ सामुदायिक विद्यालयमा ८१ निजी स्रोतका शिक्षक कार्यरत छन् ।
फोटो: गुगल
:1270 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव