म्याराथुन दौडको उपाधि बागीश्वरी माविका अभिषेक बस्नेतलाई

भक्तपुर, फागुन १२ । विद्यालय र विद्यार्थीको हित गर्ने उद्देश्यले स्थापित गैर नाफामूखि संस्था शिक्षा विकास संजालको पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा भक्तपुर जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माविका अभिषेक बस्नेतले बाजी मारेका छन् । उनले उक्त दौड २१.५५ मिनेटमा पार गरेका थिए ।
त्यस्तै सैनिक आवासिय माध्यमिक विद्यालयका नविन्द्र कार्कीले दोस्रो, लिटिल गार्डेन सेकेन्डरी स्कुलका सरोज तामाङले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा वागेश्वरी माध्यमिक विद्यालयका लाल बहादुर थापा, भक्तपुर इंग्लिस स्कुलका आरुष यादव, आदर्श सेकेन्डरी स्कुलका ब्रियान गौतम, रेन्बो इंग्लिस स्कुलका सृजन कुमार राना, गणेश सेकेन्डरी स्कुलका समीर गोलेले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रम प्रमुख अतिथी मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने खेलाडीहरुलाई क्रमशः २००००, १५०००, १०००० र ३००० सहित प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।
म्याराथुन फर एजुकेशन २०७६ मूल नारा सहित आयोजना भएको उक्त दौड प्रतियोगितामा ४९ विद्यालयका १९६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । शंखधरचोकबाट सुरु भई सल्लाघारी, निकोसेरा हुँदै सानोठिमी गठ्ठाघर फुटवल ग्राउण्डमा आएर सम्पन्न भएको थियो ।
कार्यक्रमलाई संजालका सचिव सूर्य बहादुर भण्डारीले संजालको उद्देश्य र यसले गरेका कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी मेयर श्रेष्ठले संजालकोे प्रशंसा गर्दैै आगामी दिनमा पनि संजालसँग सहकार्य गर्दै जाने बताए ।
कार्यक्रमका सभापति संजालका अध्यक्ष वीरेन्द्र जयनाले भक्तपुरमा पहिलो पटक अन्तरविद्यालय म्याराथुन भएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताए । उनले अर्को वर्षदेखि छात्र÷छात्रा दुवै समूहको प्रतिस्पर्धा हुने बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव