पायोनीयरका सुरज रोका बने गणित विषयमा उत्कृष्ट

काठमाडौं । एड्भान्स चामुण्डा इन्टिच्युटको बाह्रौं संस्करणको गणित विषयक परीक्षामा २४०० विद्यार्थीलाई उछिन्दै कपनस्थित पायोनीयर पब्लिक स्कुलका सुरज रोकाले सर्वोकृष्ट हुन सफल भएका छन् । फागुन १० गते छिमेकी पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा विजयी विद्यार्थी रोकालाई नगद रु ५००० सहित मेडल, प्रमाणपत्र, ट्रफी सहित प्लस टु अध्ययनको लागि प्रतिष्ठित कलेजमा पूर्ण छात्रवृत्तिले सम्मान गरिएको थियो । विद्यार्थीको यो सफलतामा विद्यालयले खुसी व्यक्त गर्दै विद्यार्थीको प्रगतिको कामना गरेको छ ।

:586 Views

Leave a Reply