सिभिएमको २२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १३ फागुन । भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संकर पौडेलले पुरस्कृत विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदैं विद्यालयलाई अगाडि बढाउन अभिभावकको साथ आवश्यक रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा मध्यपुर थिमीका नगर प्रमृुख मदनसुन्दर श्रेष्ठले शैक्षिक सत्र २०७५ मा नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयमा लामो समयसम्म काम गरेका शिक्षक, कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो । लामो समय शिक्षण गर्ने शिक्षक सुनिल शर्मा र शिक्षिका लक्ष्मी रावतलाई सम्मानित गरिएको  हो । त्यस्तै लामो समय विद्यालय परिचालन गर्नेमा लक्ष्मी खत्री र मिठु खवासलाई सम्मानित गरिएको थियो भने लेखाशाखातर्फबाट शारदा घिमिरे सम्मानित भएकी थिइन् ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले नृत्य र गीतका माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

:176 Views

Leave a Reply