एरुडाइटको अभिभावक दिवसमा ५८१ जना विद्यार्थीको प्रस्तुती

भक्तपुर, १३ फाल्गुन । भक्तपुर लोकन्थलीस्थित एरुडाइट एकेडेमीको अभिभावक दिवसमा ५८१ जना विद्यार्थीले प्रस्तुती देखाएका छन् ।

कक्षा १० सम्मका सबै विद्यार्थीले नृत्य, गीत, कराते, नाटक, योग लगायतका विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रममा शैक्षिक वर्ष २०७५ मा कक्षागत रुपमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मध्यपुर ठिमि नगरपालिका वडा १ का अध्यक्ष सुरज खड्का, मध्यपुर ठिमि नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरे, विद्यालयका पूर्व अध्यक्ष तथा लेखासमिति संयोजक टंकलाल श्रेष्ठ, स्कुलका पूर्व अध्यक्ष नर बहादुर अधिकारी , लगायतको उपस्थिति रहेको थियो ।

:213 Views

Leave a Reply