भीमेश्वर एकेडेमीको चौधौँ वार्षिकोत्सवमा अभिभावक सम्मानित

काठमाडौं १३ फागुन । काठमाडौं पेप्सिकोलास्थित भीमेश्वर एकेडेमीमा चौधौँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वर्षभरि बढि विद्यालय भ्रमण गर्ने अभिभावकलाई पुरस्कृत गरिएको छ । बढि विद्यालय आउने अभिभावकमा निकेश र निशा बस्नेतका अभिभावक परेका थिए ।
आफ्नो बच्चाको शिक्षास्तर वृद्धिको साथै भविष्य सुरक्षित बनाउनको लागि विद्यालय भ्रमण गर्ने अभिभावकहरुलाई धन्यवाद स्वरुप सम्मानित गरिएको थियो । सोहि अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । जसअन्तर्गत नियमित विद्यालय आउने विकास पोट्रेल, अनुशासित विद्यार्थीमा बबिता ओलि, वर्षको उत्कृष्ट विद्यार्थी क्यानिजा कार्की, राम्रो अक्षरको आधारमा प्रि प्राइमरीको दिक्षा यादव, प्राइमरीको प्रसान्त पाण्डे, सेकेण्डरीको रसिका न्यौपाने र मेहेनति विद्यार्थी सुमन कथित परेका थिए ।
यसैगरि उत्कृष्ट खेलाडिका आधारमा प्रबिन बस्नेत, राम्रो अङ्ग्रेजी बोल्नी विद्यार्थी आयुषा कोइराला, उत्कृष्ट उद्घोषणका आधारमा रियाना ढुङ्गाना, हाईजिनिक विद्यार्थी रेन्जी चौलागाई, राम्रो गीत गाउने विद्यार्थी विपाशा लाकै, राम्रो नृत्य गर्ने विद्यार्थी रुपेश तामाङ् पुरस्कृत भएका थिए ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमृतकुमार खड्का, ९ वडाको अध्यक्ष कुन्दन खड्का, विकास व्यवस्थापन समितिको अध्यक्ष छत्रबहादुर कार्की, नगर प्रमुख कृष्णहरि थापालगायतका व्यक्तिहरुले आफ्ना भनाइहरु राखेका थिए ।
विद्यार्थीहरुले नृत्य र गीतको माध्यमबाट सांस्कृतिक कार्यक्रमलाई अझ रमाइलो बनाएको थिए ।
:305 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव