चारुमति स्काउटद्वारा पुर्व प्रमुख आयुक्त लामिछानेको सम्मान

काठमाडौं । चारुमति ओपन स्काउट ट्रुप÷क्र्यु मित्रपार्क चावहिलको २३ औं वार्षिकोत्सवको अवसरमा नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त श्रीराम लामिछानेलाई भव्य सम्मान गरिएको छ ।
पुर्वप्रमुख आयुक्त लामछिानेलाई राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई ‘व्याकुल माइला’ ले सम्मानपत्र, चारुमति ओपन स्काउट ट्रुप÷क्र्युका सल्लाहकार एवम् वरिष्ठ स्काउटर खड्गबहादुर नेपालीले माला लगाइदिएर र ट्रुप÷क्र्युका अध्यक्ष दिपेश केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रमुख आयुक्त रहँदा स्काउटिङ्गको विकास र विस्तार, नेपाल स्काउटलाई आत्मनिर्भर बनाउन विशेष योगदान गर्नुको साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपाल स्काउटलाई चिनाउन विशेष योगदान गरेवापत पुर्व प्रमुख आयुक्त लामिछानेलाई चारुमति ओपन स्काउट ट्रुप÷क्र्युले भव्य कार्यक्रमका साथ सम्मान गरेको हो ।
नेपाल स्काउटको साधारण सदस्य हुँदै नेपाल स्काउटको सर्वाेच्च पद प्रमुख आयुक्त भएर दुई कार्यकाल अर्थात ८ वर्षसम्म उहाँले नेपाल स्काउटको विकास, विस्तार र नेपाल स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन विशेष योगदान गर्नुभएको थियो । चारुमतिले यसअघि नेपाल स्काउटमा ५० वर्षभन्दा बढी योगदान गर्नुभएका वरिष्ठ स्काउट गुरुहरु प्रा.गोविन्द नारायण ज्यापू, रामवदन जोशी र हरिमोहन ज्योति लगायतलाई सम्मान गरिसकेको छ ।
सो अवसरमा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले स्काउटिङ्ग शिक्षाले हरेक नागरिकलाई अनुशासित, आत्मनिर्भर र देशप्रेमी बनाउने कुरा उल्लेख गर्दै चारुमति स्काउटले गर्दै आएका राम्रा कार्यको प्रशंसा गरे । त्यस अवसरमा सम्मानित व्यक्तित्व पुर्वप्रमुख आयुक्त लामिछानेले सम्मानको लागि धन्यवाद दिँदै चारुमति स्काउटले स्काउटको विकासमा गरेको योगदानको प्रशंसा गरे । उनले चारुमति अक्षयकोष स्थापनाको लागि आफु र श्रीमती अञ्जु लामिछानेको तर्फबाट १० हजार रुपैयाँ प्रदान गरे । सोही कोषमा इलाइट को—एड स्वयम्भुका प्रिन्सिपल विनय वैद्यले १० हजार, वरिष्ठ स्काउट गुरु उमेशलाल नेपालीले १ हजार १११, अर्का स्काउट गुरु विश्व श्रेष्ठले १ हजार १०० तथा रोभर स्काउट स्काई राईले ५ सय ५ रुपैयाँ प्रदान गरे ।
कार्यक्रममा २००९ सालदेखि नेपाल स्काउटमा आवद्ध जेष्ठ स्काउट गुरु प्रा.गोविन्दनारायण ज्यापू, राष्ट्रिय प्रशिक्षक हरिबहादुर श्रेष्ठ, चारुमति ओपन स्काउट ट्रुप÷क्र्युका अध्यक्ष दिपेश केसी, रेन्जर लिडर सविना श्रेष्ठ, तदर्थ समितिका पुर्व संयोजक चन्दन कौशिक, काठमाडौं महानगरको वडा नं ७ का सदस्य कृष्णमणि भट्टराई र कार्यक्रम संयोजक विनोद पराजुलीले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि व्याकूल माइलालाई अध्यक्ष दिपेश केसीले मायाको चिनो प्रदान गरेका थिए भने चारुमतिको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध स्काउट प्रतियोगिताका विजयीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस अवसरमा स्काउटहरुले विविध गायन र नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव