अभिभावक दिवसमा सुदेशा रत्न प्रदान

ललितपुर । विद्यालयले प्राप्त गरेको उपलब्धी र विद्यार्थीको सिकाइ उपलब्धीलाई मध्ये नजर गर्दै उनीहरुको सीपमुलक शिक्षा तथा भविष्यको एउटा कर्णधार बनाउने कुरामा अहोरात्र खटिरहेको ललितपुर नख्खुस्थित सुदेशा स्कुलले फागुन १६ गते आफ्नो ३६ औैं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कक्षा ४ का विद्यार्थीहरुको संस्कृत श्लोक गुञ्जायमानसँगै सुरु भएको उक्त कार्यक्रममा विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरु गीत, नृत्य, नाटक, चिनीया संगीत, नृत्य प्रस्तुत गरेका थिए । वर्ष भरि विद्यार्थीहरुले प्राप्त गरेका पुरस्कारहरु विद्यालयका प्रधानाध्यापक विरंगना महर्जनबाट तथा अतिथीहरुबाट प्रदान गरिएको थियो ।
विद्यालयका निर्देशक मधु लोहनीले विद्यालयमा पढाइ घोकन्ते मात्रले सिर्जनशीलता नहुने भएकोले सूचना, सहकार्य, समालोचनात्मक सोच र सिर्जनशीलतामा विद्यालयले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । विद्यार्थीको मनोगत भावना बुझेर पढाइ हुने सुदेशा स्कुल राष्ट्रको अन्तर्राष्ट्रिय पढाइ हुने र सन् २०१७ देखि २०२० सम्म आई.एस.ओ.अवार्ड प्राप्त भएकोले निरन्तर प्रयास गर्न र समुन्त भविष्यको शुभकामना भन्दै कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका महासचिव कुमार घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विशुद्ध तनावमुक्त सिकाइ अवधारणामा पठनपाठन हुने यो विद्यालयको निरन्तर उन्नतिको कामना गरेका थिए । विद्यालयमा हुने गरेको र हुनुपर्ने परिवर्तन र वस्तुस्थितिका बारेमा विद्यालय प्रधानाध्यापक विरंगना महर्जनले आफ्नो मन्तव्यमा व्यक्त गरेका थिए । विद्यालय संयोजक अग्नी प्रसाद तिमल्सिनाले विद्यालयमा हुने गतिविधीहरुको बारेमा प्रष्ट पारेका थिए । विद्यालयबाट वर्षभरि विभिन्न कार्यक्रममा समाहित भई उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीहरुलाई सुदेशा रत्न प्रदान गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव