काेराेनाकाे त्रास : चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन

काठमाण्डाै, फागुन २० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
सरकारले चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसईई हुने कार्यतालिका भने परिमार्जन नहुने मन्त्रायलका सूचना अधिकारी दिपक शर्माले जानकारी दिनुभयो ।
:795 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव