२०७६ चैत्र ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न प्याब्सनको निर्देशन

काठमाडौं, २० फागुन । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजरमा राख्दै सबै विद्यालयहरुले शैक्षिक सत्र २०७६ को (कक्षा १ देखि ९ सम्मका) वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गरिसक्न सदस्य विद्यालयहरुलाई अनुरोध गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्याब्सनले विद्यालयहरुले आयोजना गर्ने वार्षिक कार्यक्रम अभिभावक दिवस, सामूहिक छलफल, अन्तरक्रिया जस्ता जनभेला हुने कार्यक्रमहरु स्थगन समेत गर्न प्याब्सनले अनुरोध गरेको छ । साथै कोरोना भाइरसका सम्बन्धमा जनचेतानामूलक कार्यक्रमहरु सञ्चालन गर्न गराउन आग्रह गरिएको छ ।
शैक्षिक सत्रको अन्त्यसँगै अहिले विद्यालयहरु वार्षिकोत्सव र अभिभावक दिवस मनाउने तयारीमा रहेका छन् । कति विद्यालयले मनाई सकेका छन् भने कति विद्यालय मनाउने तर्खरमा छन् । तर, कोरोना भाइरसको त्रासका कारण यस्तो निर्णय लिएको प्याब्सनले जनाएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै वार्षिकोत्सव तथा अन्य कार्यक्रम स्थागित गर्न प्याब्सनले विद्यालयलाई सूचित गरेको छ । विद्यालय क्षेत्र बढी मात्रामा सर्वसाधारण आवतजावत हुने क्षेत्र भएकाले विद्यालयहरु संवेदनशील र सचेत हुनुपर्ने प्याब्सनको भनाई छ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव