गोल्डेन गेट स्कुलमा World’s Children’s Prize को तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । माइती नेपालको सहयोगमा कार्यक्रम संयोजक शिक्षक प्रेक्षा उप्रेती तथा माइती नेपालद्वारा संचालित टेरेसा स्कूलका Child Ambassador हरुबाट १० वर्ष वा सो भन्दा बढ़ी उमेरका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि WCP र यसका विभिन्न कार्यक्रमहरूको विषयमा तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गोल्डेन गेटले स्वीडेनमा मुख्यालय रहेको WCP को कार्यक्रम संचालन गर्ने अनुमति यसै वर्ष प्राप्त गरेको हो । यससँगै गोल्डेन गेट WCP को अन्तर्राष्ट्रिय कार्यक्रम संचालन गर्ने भक्तपुरको पहिलो र एकमात्र विद्यालय बन्न सफल भएको छ ।
गोल्डेन गेटका कक्षा ९ का नवनियुक्त Child Ambassador हरु जननी कुम्पाख र ईशान लाखाजूको नेतृत्वमा विद्यार्थीहरुले संसारभरी बालबालिकाको हकहित, उद्धार र संरक्षणमा काम गरी यस अघिनै WCP बाट Child Rights Hero को उपाधि पाईसकेका ९ जना नोमिनी व्यक्तित्वहरु मध्येबाट यस वर्षका लागि Child Rights Superhero 2020 छान्न निर्वाचन कार्यक्रममा सहभागी हुनेछन् । निर्वाचन अर्को हप्ता आयोजना गरिने तय भएको छ । साथै, नयाँ शैक्षिक सत्र २०७७ मा WCP का थुप्रै अन्य कार्यक्रमहरु संचालन गरिनेछ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव