छोराछोरी स्याहार्ने ‘आमा र काकी’ खोज्दै एसओएस वालग्राम नेपाल

काठमाडौं, फागुन २४ । अन्तराष्ट्रिय वालहितकारी संस्था एसओएस वालग्राम नेपालले छोेराछोरीलाई माया गरेर हुर्काउन सक्ने इच्छा र खुवी भएका २५ जना आमा र काकी खोजेको छ । एसओएस वालग्राममा आमा र काकीको पद आवासिय, सञ्चयकोष, औषधि उपचारसहितको राम्रो पारिश्रमिक पाउने सुविधायुक्त र जिम्मेवारीपुर्ण पद हो ।
एसओएस वालग्राम विगत ४८ वर्षदेखि नेपालमा पारिवारीक संरक्षणवीहिन अवस्थामा रहेका र त्यस्तो जोखिममा पर्नसक्ने संभावना रहेका वालवालिकाको रेखदेख, स्याहार सुसार र उचित शिक्षा दिक्षा दिँदै सवल बनाई समाजमा पुर्नस्थापना गराउँदै आएको छ । १० कक्षा उतिर्ण, एकल, विधवा या पारपाचुके गरेका महिलालाई रोजगारी दिने उद्धेश्यले वालग्रामले शुक्रबार २५ जना त्यस्ता आमा र काकी खोजेको हो । एसओएस वालग्रामको सिद्धान्त अनुसार हरेक वालग्रामभित्र छोराछोरी र आमासहितको ‘मायालु पारिवारीक घर’ मा कम्तिमा ८ र बढीमा १० जना छोराछोरी रहने र तिनीहरुको रेखदेखका लागि एकजना आमा हुन्छिन भने आमा विदामा बसेको समयमा काकीले घर र छोराछोरी सम्हाल्ने गर्छिन ।
एसओएस वालग्राममा आमा या काकी भएर भित्रिएपछि उनीहरुलाई एउटा सिंगो परिवारको जिम्मेवारी दिइन्छ । उनले नै आफ्नो घरमा विभिन्न भुगोल, जातजाति, समुदायबाट आएका नवजात शिशुदेखि त्यहाँ रहेका अन्य वालवालिकाको सबै जिम्मेवारी सम्हाल्नुपर्छ । आश्रीत छोराछोरी १५ वर्षको हुँदासम्म तिनै आमाले घर रेखदेख गर्छिन भने त्यसपछि छोरा र छोरीलाई एसओएस वालग्रामको अलग अलग युवालयमा राखेर उच्च शिक्षा दिने गरिन्छ ।
आमा र काकीको पदमा निवेदन दिने महिलाहरुमा वालग्राममा आश्रीत वालवालिकालाई आफ्नै छोराछोरी सरह माया ममता दिँदै पालनपोषण र उचित शिक्षादिक्षा दिनसक्ने खुवी हुनुपर्ने एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा बताउँछन ।
वालग्रामले मागेका २५ जना आमा र काकीले पहिला लिखीत परिक्षा उतिर्ण गर्नुपर्छ । त्यसपछि उनीहरुलाई मासिक ७ हजारको साथै बस्ने खाने सुविधासहित एसओएस तालीम केन्द्र काभ्रेमा ३ महिनासम्म सैद्धान्तिक तालीम दिइन्छ । त्यसबाट छनौट भएका आमा र काकीहरुलाई नेपालका १० वटा वालग्रामहरुमा ९ महिने प्रयोगात्मक तालीममा पठाइन्छ । त्यस अवधिमा उनीहरुले बस्न र खाने सुविधासहित मासिक १३ हजार पारिश्रमिक पाउँछन ।
३ महिने सैद्धान्तिक र ९ महिने प्रयोगात्मक तालीममा उतिर्ण आमालाई खाने र बस्ने सुविधासहित मासिक २५ हजार ६०० र काकीहरुलाई काकीहरुलाई मासिक २० हजार २०० पारिश्रमिक पाउँछन । यसका साथै वालग्रामले उनीहरुलाई सञ्चयकोष र औषधि उपचारको सुविधा पनि दिँदै आएको राष्ट्रिय निर्देशक शर्माले बताए । ती आमा र काकीहरुले केटाकेटीलाई गाली गर्न र कुट्न पाउँदैनन । पारिवारीक घरका छोराछोरी काकी र आमाको सम्पूर्ण खानपीन, शिक्षा, स्वास्थ्यको खर्च सबै वालग्रामले वेहोर्छ । वालग्राम भित्र रहेका अलग अलग घरमा आमा र काकी हुने गरेता पनि १० देखि १६ वटा पारिवारिक घरको बाबा (फादर)चाँही एकजना मात्रै हुन्छन, जसलाई वालग्रामको आयोजना निर्देशक भनिन्छ ।
एसओएस वालग्राम नेपाल अन्तर्गत नेपालभरी १० वटा वालग्राम रहेको छ भने ती वालग्राममा १४ देखि १६ वटासम्म पारिवारीक घर छ । नेपालका १० वटा वालग्राममा १ सय ३३ वटा पारिवारिक घर रहेको छ । एसओएस वालग्राम संसारभरी नै वालवालिकाको ‘मायालु पारिवारीक घर’को रुपमा परिचित रहेको छ । ६० वर्षको उमेरसम्म वालग्राममा आमा भएर काम गरि सेवा निवृत्त भएको र केही काकीहरुले स्वेच्छाले या व्यवहारिक कारणले गर्दा जागीर छोडेकोले सो ठाउँमा पदपुर्ति गर्न एसओएस वालग्राम नेपालले २५ जना आमा र काकी खोजेको हो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव