हप्ता लामो कारखाना मेला स्थगित

काठमाडौं । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिदै, एक हप्ते लामो कारखाना मेलाको सबै सार्वजनिक संलग्नता भएका कार्यक्रमहरू स्थगित भएको छ । यद्यपि शिक्षा क्षेत्रका व्यक्तित्वहरुले भने व्यक्तिगत रुपमा वा सानो संख्यामा भ्रमण गर्न आयोजकले बताएको छ ।
कारखाना एक नेपाली शैक्षिक संस्था र बालबालिकाहरुका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने मेकरस्पेसको रुपमा चिनिन्छ । राजधानी काठमाडौंबाट पोखरा, विराटनगर, बुटवल, चितवन लगायत भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन् । ६० जना उस्तै विचारधाराका भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन् । कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (STEAM-Science, Technology, Engineering, Arts & Design, Mathematics) कार्यक्रमहरू संचालन गरि, पढाई सामग्री (किट्स)का मध्यमबाट प्रभाव परिराखेको छ ।
कारखानाको दृढ विश्वास छ कि आजका छुकछुके नै भविष्यका निर्माता हुन् । उनीहरुको क्षमता र मनोवृत्तिको विकासले नै आफ्नो भविष्य र समुदायको भविष्य निर्माण गर्न मद्दत गर्दछ। कारखानालाई स्थानीय स्तरमा नव परिवर्तनको भावना जगाउनका लागि सिर्जना गरिएको थियो जसबाट विश्वव्यापी प्रभाव पार्न सकियोस । २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने हो ।
नेपाली विज्ञान पाठ्यक्रम र सिकाई पद्धती राम्रै सैद्दान्तिक ज्ञान दिन्छ तर व्यवहारिक विज्ञान सिकाई र पढाईको भने ठूलो अभाव छ ।कारखानाका किताब र विज्ञान विषयको पढाई सामग्री विशेषगरी शिक्षकले भोग्ने चुनौतीलाई सोचेर तयार पारिएको छ । त्यसकारण किट्सहरु थोरै मुल्यमा उपलब्ध छन् र यसको लागि विशेष ल्याब अवश्यकता पनि पर्दैन । यी किट्स प्रयोग गर्नको लागि हरेक कक्षाकोठा नै ल्याब हुन् । संगसंगै २१ औं शताब्दीमा सान्दर्भिक हुनका लागि बालबालिकाले आफ्नो ज्ञानलाई किताबभन्दा बाहिर पनि विस्तार गर्नुपर्छ भन्ने कुरा कारखानाले जोड दिएको छ । बालबालिकालाई रमाइलो लाग्ने खालका विषय – प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट जस्ता कार्यक्रम तयार परेर बालबालिकाहरुलाई सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउन काम कारखानाले गरिराखेको छ । यस फाल्गुन २४ गते हुन लागेको कारखाना मेला उद्घाटन समारोह, फाल्गुन २५ को जेननेकस्ट पार्टी र अन्तिमको चैत्र १ गतेको भव्य सार्वजनिक कारखाना मेलालाई स्थगित गरिएको छ । कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोगहरूका प्रमुख, तथा सुरक्षा बल, खेलकुद, संगीत र चलचित्र उद्योगका व्यक्तित्वहरुलाई पनि आमन्त्रित गरिएको थियो। चैत्र १ गतेको सार्वजनिक मेला भने विभिन्न क्षेत्रका व्यक्तित्व, विध्यालय व्यवस्थापक, शिक्षकवर्ग तथा अभिभावकजन र बालबालिकाहरुलाई विशेष लक्षित गरि तयार पारिएको देखिन्छ ।
यद्यपि इच्छुक विध्यालय व्यवस्थापक वा शिक्षकवर्गका लागि भने फाल्गुन २४ गतेदेखि चैत्र २ गते सम्म कारखानाको स्थलगत भ्रमण खुल्ला रहनेछ । स्थलगत भ्रमण व्यक्तिगत र साना समूहमा गर्न सकिने आयोजकहरुले जनाउनु भएको छ । कारखानाको स्थलगत भ्रमणबाट यी विचार धारालाई अझै गहिरो रुपमामा बुझ्न सकिनेछ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव