शंकरमा बिदाई कार्यक्रम

भक्तपुर । सूर्यविनायक — ४, भक्तपुरस्थित शंकर नेशनल स्कुलमा कक्षा ९ का विद्यार्थीहरुद्वारा कक्षा १० का दाईदिदीहरुलाई बिदाई गरेको छ । एसईई २०७६ को लागि केक काट्दै टिका, खादा र मायाको चिनोको साथमा शुभकामना दिएका थिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले विभिन्न नृत्य, कविता, गीत र रमाइलो खेलले कार्यक्रममा मिठास थपिएको थियो जसबाट उनीहरुले कार्यक्रम कसरी आयोजना गरिन्छ र यसको महत्व पनि बुझेका थिए । जसमा विशेष प्रस्तुतीहरु प्रधानाध्यापक शरण चौलागाईबाट विद्यार्थीहरुको लागि विशेष शुभकामना र उत्प्रेरणाका कथाहरुको साथै स्कुल जीवनका विद्यार्थीहरुको अनुभव स्लाईडमा प्रर्दशन गरिएको थियो । कार्यक्रममा शिक्षकशिक्षिकाहरुबाट विशेष प्रस्तुति र विभिन्न कला प्रर्दशन पनि रहेको थियो । विद्यार्थीहरुको बाल्यकालदेखिको विद्यालयमा रहदा सम्मको अनुभवहरु प्रोजेक्टरद्वारा पनि देखाइएको थियो । यस दिनलाई स्मरणीय दिनको रुपमा लिने दश कक्षाकीे विद्यार्थीहरुले अनुभव बाढेकी थिइन् ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव