गोल्डेन गेटमा सम्पन्न भयो डिकेड् चाइल्ड राइट्स हिरोको निर्वाचन

भक्तपुर, २५ फागुन । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी “डिकेड चाइल्ड राइट्स हिरो निर्वाचन“ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको रुपमा सुप्रसिद्ध छ । कक्षा ४ दखि १० सम्मका १० वर्ष वा सो भन्दा बढी उमेर समूहका जम्मा १५६ जना विद्यार्थीहरुले बालअधिकारको क्षेत्रमा अन्तर्राष्ट्रीय स्तरमा उल्लेखनीय योगदान पुर्याई डब्लूसीपीको नोमिनेशनमा पर्न सफल ८ जना चाइल्ड राइट्स हिरोहरु मध्ये आफूलाई सबैभन्दा प्रभावशाली लागेको व्यक्तित्वलाई डिकेड चाइल्ड राइट्स हिरोको रुपमा चयन गरी मतदान गरेका हुन् ।

निर्वाचनको सम्पूर्ण व्यवस्थापन डब्लूसीपीका गोल्डेन गेट चाइल्ड राइट्स एम्बेसडरहरु ईशान लाखाजू र जननी कुम्पाख तथा अन्य स्वयंस्वेवक विद्यार्थीहरुले गरेका थिए । निर्वाचन अघि नोमिनेशनमा परेका हीरोहरुका विषयमा एम्बेसडर तथा स्वयंसेवकहरुले चरणबद्ध रुपमा जानकारी प्रदान गरेका थिए भने डब्लूसीपीद्वारा प्रकाशित म्यागेजिन तथा इन्टरनेटको माध्यमबाट पनि विद्यार्थीहरुले यथेष्ट जानकारी हासिल गरेका थिए ।

विद्यार्थीहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले लोकतान्त्रिक अभ्यास, बालअधिकार, पारदर्शिता, उत्तरदायित्व वहन, आदिको प्रायोगिक शिक्षा दिएको र एकजना मान्छेको सपना, संकल्प र योगदानले बालबालिकाहरूको जीवन र सिङ्गो मानव जगतमा कस्तो फरक पार्न सक्छ भन्ने कुराको जीवन्त उत्प्रेरणा दिएको कुरा विद्यालयका डब्लूसीपी संयोजक तथा सीईओ शिव श्रेष्ठ बताउँछन ।

यो कार्यक्रममा सन २००० देखि संसारभरीबाट ११७ वटा देशका ७२००० विद्यालयहरुबाट ४४ मिलियन विद्यार्थीहरु सहभागी भएका छन भने हरेक वर्ष चाईल्ड राईट्स् हिरो र हरेक १० वर्षमा डिकेड चाईल्ड राईट्स् हिरो छानिने गर्दछ । सन २०१० मा नेल्सन मण्डेला तथा ग्रका मेचलले डिकेड चाईल्ड राईट्स् हीरोको उपाधी प्राप्त गरेका थिए भने यसवर्ष विगतमा चाईल्ड राईट्स् हीरोको उपाधी हासिल गरीसकेका ८ जना हीरोहरुबीच डिकेड चाइल्ड राइट्स हीरोको निर्वाचन हुँदैछ ।

नेपालमा यो कार्यक्रमको संयोजन माईती नेपालले गर्दै आएको छ ।

:769 Views

Leave a Reply