श्रमिक शान्तिका फुटसल, वास्केटवल र टेवलटेनिसका विजयी पुरस्कृत

ललितपुर । श्रमिक शान्ति मावि च्यासलका टेवलटेनिस, बास्केटवल र फुटसलका विजयी खेलाडी विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकार र प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले ट्रफि, पदक तथा प्रमाणपत्र वितरण गरे ।
कक्षा ६ देखि १० सम्म टेवलटेनिस छात्रतर्फ मोहन राउत, रविन मग्राति तथा छात्रातर्फ सोनिया थिङ्ग र विमला राई पहिलो, दोस्रो र तेस्रो भए । यसैगरि कक्षा ६ देखि १० सम्मको वास्केटवल प्रतियोगितामा छात्रतर्फ विमला पाण्डे, विमल कार्की, दावा लामा, सागर तामाङ्ग र आश्वासन अधिकारीको टोली पहिलो तथा अनिश रसाईली, मनिश लामा, आशिष बि.क, निखिल लामा र दिनेश लामाको टोली दोस्रो भयो । आश्वासन अधिकारी सर्वाधिक स्कोरर बने ।
यसैगरि छात्रतर्फको फुटसलमा सुशील, विक, विज्ञान भुजेल, निमा शेर्पा, अमित लामा र विमन राईको टोली पहिलो तथा आश्वासन अधिकारी, बसन्त भ्लोन, समिर तामाङ्ग, विमल क्षेत्री र अनिश रसाइलीको टोली दोस्रो भयो । विमन राई सर्वाधिक स्कोरकर्ता ठहरिए ।
कक्षा १२ सम्मको टेवलटेनिस प्रतियोगितामा मनिष लामा पहिलो र सरोज लामा दोस्रो भए भने फुटसलतर्फ उपदेश राई, टिकाराम रुम्वा, यमकुमार मगर, सुमन तामाङ्ग, सुजन आलेमगर र विराज चौधरीको टोली पहिलो तथा आयुष श्रेष्ठ, रोहित तामाङ्ग, ऋतिक घोडासैनी, गगन श्रेष्ठ, सुदिप जोशी र खडक क्षेत्रीको टोली दोस्रो भएको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताए । टिकाराम रुम्वा सर्वाधि स्कोरर दरिए ।
यसैगरि १२ कक्षासम्मको बास्केटवलतर्फ रोशन रानामगर, प्रकाश भुजेल, दिपक राई, सुजन माझि, प्रविन राउत र टिकाराम रुम्वाको टोली पहिलो तथा कुमार सुनुवार, सनम तामाङ्ग, सुरज लामा, निरोज लिम्वु र आयुष प्रधानको टोलीले दोस्रो पुरस्कार जित्यो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव