नेशनल प्याब्सन भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा भाटेढिकुरस्थित मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्का चुनिएका हुन् ।
सिन्धुलीको मूलकोटमा भएको कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले गरेका थिए ।अधिवेशनबाट उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां र इमेज स्कुलका शिव कृष्ण कवां, सचिवमा ईडेन गार्डेन स्कुलका जय प्रकाश राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रसादी पाठशालाका दिनेश शाक्य, सह–सचिवमा विमल मेमोरियलका कुमार थापा र सह–कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का छानिएका छन् ।
त्यस्तै सदस्यमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक सहित १३ सदस्यीय समितिको गठन गरिएको छ ।
निर्वाचन पछि अध्यक्ष खड्काले निजी विद्यालयहरुको गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए ।
शनिबार भएको कार्यक्रममा नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष जि।बि खड्काले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिएका थिए ।
:571 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव