परीक्षापछि बालबालिकालाई घरबाहिर ननिस्किन शिक्षा मन्त्रीको आपिल

काठमाडौँ, चैत्र ४ । कारोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई नयाँ शैक्षिक सत्र सुरु नभएसम्म घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले अपिल गरेका छन् ।
यस अघि मन्त्रालयले चैत ५ गते भित्रमा कक्षा १ देखि ९ सम्मको परिक्षा सम्पन्न गर्ने निर्देशन दिएको थियो । मंगलबार सूचना जारी गर्दै मन्त्री पोखरेलले त्यसपछिको कम्तीमा तीन हप्ता बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकाशन, प्रवेश परीक्षा, नयाँ भर्ना जस्ता भीडभाड हुने कार्य नगर्न मन्त्रालयले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुने जानकारी गराउँदै चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने आवश्यक सावधानी अपनाएर तोकिएको समयमै सञ्चालन हुने उनले बताएका छन् ।
:1330 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव