प्याब्सन र मिदासबीच एक महिना ई–क्लास निःशुल्क चलाउने सहमति

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र मिदास एजुकेशन प्रालिबीच मिदास ई–क्लास एप एक महिनाका लागि निःशुल्क प्रदान गर्ने सहमति भएको छ ।
बालबालिकाहरूको घरभित्रको बसाइलाई रमाइलो बनाउँदै कक्षाअनुसारको सिकाइलाई निरन्तरता दिन सकुन् भन्ने अभिप्रायले प्याब्सन र मिदास एजुकेशन प्रा.लि. का बीच MiDas eCLASS App कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै बालबालिकाहरूका लागि एक महिनाको लागि निःशुल्क रूपमा प्रदान गर्ने सहमति भएको हो । कोरोना भाइरसको संक्रमणका कारणले अहिले विद्यालयहरु बन्द छन् । जसको प्रत्यक्ष प्रभाव ७२ लाख स्कुले बालबालिकाहरुमा परिरहेको छ । यो एपको प्रयोग गरेर बालबालिकाहरु घरभित्रै पठनपाठन र रचनात्मक कार्य गर्न सक्ने प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताए ।
यसरी प्रयोग गरौँ
सर्वप्रथम Play Store बाट MiDas eCLASS App डाउनलोड गरेर Install गरी App खोल्नुहोस् । र App को मेनुमा रहेको Order/ Purchase थिचे पश्चात् Subscription Card थिच्नुहोस् । भौचर कोड मागेको स्थानमा PABSON कोड लेखेर आपूmले चाहेको कक्षाको MiDas eCLASS App प्रयोग गर्नुहोस् ।
:1257 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव