बिहान १० बजेदेखि १२ बजे सम्म मात्र पास उपलब्ध गराउने

भक्तपुर, चैत १२ | कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बस्यो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अल्पआकस्मिक परिस्थितिमा पास आवश्यक परे पास आवश्यक पर्नुका कारण र औचित्य पुष्टि हुने प्रमाण तथा कागजातहरु पेश गरेपछि मात्र (बिहान १० बजेदेखि १२ बजे सम्म) मात्रपास उपलब्ध गराउने निर्णय ग¥यो । उक्त बैठकले अति आवश्यक सेवा प्रवाह गर्ने व्यक्ति वा संस्था (एम्बुलेन्स, स्वास्थ्यकर्मी, फार्मेसीमा काम गर्ने) को परिचय पत्रलाई नै आधार मानी आवागमन गर्न दिने निर्णय ग¥यो । दैनिक आवश्यक पर्ने खानेपानी, खाद्यपदार्थ, तरकारी, दुधजन्य पदार्थ, घरायसी प्रयोजनको पानी आपूर्ति गर्ने व्यक्ति संस्थालाई पनि सामाग्रीहरु यकिन गरी आवागमन गर्न दिने निर्णय बैठकले गरेको छ ।
बैठकले भक्तपुर जिल्लाभित्र बसोबास गरिरहेका कुनै व्यक्तिलाई यस विषम् परिस्थितिमा खाने, बस्ने समस्या परेमा त्यस्ता व्यक्तिहरुको अवस्था बुझी सहयोग गरिदिनु हुन स्थानीय तहहरुमा अनुरोध गर्ने र दैनिक उपभोग्य वस्तुहरु सब्जी, फलफूल, मासु, दाल, चामल, तेल, पानी, दुध, खाना पकाउने ग्यास, साबुन—स्यानिटाइजर, घरायसी बिजुलीका सामानहरु, बिहान ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने प्रस्ताव मन्त्रालयमा पठाउने निर्णय ग¥यो ।
:373 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव