डिभी एजुकेशनद्वारा ४५ सय सर्जिकल माक्स सहयोग

काठमाडौ, २३ चैत्र । डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले चार हजार ५ सय सर्जिकल माक्स वितरण गरेको छ ।
कोरोना भाइरसका कारण माक्स अभाव भएपछि डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले सुरक्षामा खटिएका प्रहरीहरुका लागि दुई हजार प्रती सर्जिकल माक्स प्रदान गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख (मेट्रो—१)का डि.आइ.जि विश्वराज पोखरेललाई उक्त माक्स हस्तान्तरण गरिएको हो ।

त्यस्तै, काठमाडौं वडा नं. ३२ तथा एकीकृत उपभोक्ता संघ, तिनकुने, सुविधानगरका वडा सदस्य राजेन्द्र न्यौपाने तथा संघका अध्यक्ष मदन सिवाकोटीलाई संयुक्तरुपमा एक हजार सर्जिकल माक्स प्रदान गरेको छ । डिभी एजुकेशनले जाउलाखेलमा रहेको नेशनल हस्पिटललाई पनि पाँच सय माक्स प्रदान गरेको छ । त्यस्तै कालिगण्डकी गाउँपालिकालाई एक हजार माक्स प्रदान गरेको छ । डिभी एजुकेशनले कालिगण्डकी गाउँपालिका स्याङ्जाका गाउँपालिका प्रमुख खिमबहादुर थापालाई उक्त माक्स प्रदान गरेको हो ।

उक्त सर्जिकल माक्स डि.भि. एजुकेशनकी चिफ अपरेटिङ अफिसर ऋतु न्यौपान र ट्रिटन स्कुलका निर्देशक राजन सुवेदि द्वारा संयुक्तरुपमा हस्तान्तरण गरिएको हो ।

:322 Views

Leave a Reply