कोभिड १९ का कारण शैक्षिक सत्रमा प्रभाव नपर्ने

काठमाडौँ, चैत २७ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने बताइएको छ।
बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने बताएका छन्। त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ ।
मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गर्दै ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उनको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढ्ने उनले बताए ।
परीक्षा
मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताएका छन् । तयारीका लागि केही समय दिनुपर्ने उनको भनाइ छ ।
हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।
यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने भएकाले विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने उनले बताए ।
यसैबीच शिक्षामन्त्री पोखरेलले लकडाउन कायम रहेको तथा विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा विद्युतीय माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिइने योजना रहेको बताएका छन् । त्यसको गृहकार्यसमेत सुरु भइसकेको उनले जनकारी गराएका छन् ।
:1024 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव