नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण

काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा कोरोनाको संक्रमण देखिएपछि पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । विद्यालयले नजिकै रहेको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएपछि अन्यलाई उपचारार्थ र सुरक्षा सहज बनाउन पिपिई हस्तान्तरण गरेको नेक्ससका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारी दिए । नेक्ससले कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहर नगरपालिका वडा नं ९ का अध्यक्ष कुन्दन खड्का र महानगरीय ट्राफिक प्रहरी महाशाखाका एस पी राजकुमार वैदवारले पिपिई ग्रहण गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य आरबी कट्वालले सामाजिक सुरक्षा र दायित्व वहन अन्तर्गत विद्यालयको तर्फबाट पिपिई सहयोग गरिएको जानकारी दिए । उनले भने –‘ विद्यालयले सामाजिक दायित्व अन्तर्गत पिपिई सहयोग गरेको हो । यसअघि पनि हामीले विभिन्न निकायलाई सहयोग गर्दै आएका थियौँ । ’ नेक्सस स्कुलमा पिपिई हस्तान्तरण कार्यक्रममा मेयर कृष्णहरि थापा, वडाध्यक्ष कुन्दन खड्का, एसपी राजकुमार वैदवारले विद्यालयले गरेको काम स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए ।
:399 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव