कोरोना

कोरोना किन घुम्छ विश्वभरि नै रोक्दैन यात्रा किन ?
खै गन्तव्य कहाँ छ ? आज यसको बुझ्दैन मान्छे किन ?
सेना, डाक्टर चोकमै छ पहरा राम्रो छ हेर्दा तर
भेट्दैनन् बुझ छैन तागत कतै देखिन्न अहिले तक

गोला, बारुद, तोपले पनि यहाँ मुन्टो लुकाए सबै ।
मन्त्रीका दरबार कार अहिले आतेसमा छन् सबै ।।
सारा यी हतियार सागर गई मिल्काइदेऊ अब ।
प्यारो प्राण यहाँ रहन्न यसरी रित्तै छ कैयौ घर ।।

कोरोना अहिले अदृश्य छ अझै के बोक्छौ दुर्विन ?
ओठे ज्ञान दिएर यो जगतमा आयो कठै ! दुर्दिन ।।
खै विद्यालय भित्र पुस्तक यहाँ, खाली छ कक्षा यहाँ ।
बज्दैनन् अनि आज मादल कतै संगीत रित्तै यहाँ ।

भोकै छन् घर भित्रनै पनि कतै संसारका सन्तती ।
मर्दैछन् अझ स्वस्थ्यकेन्द्रभरि नै हेरेर यो दुर्गती ।।
हाम्रा मन्दिर, चैत्य, चर्चतिर कोही जादैन मान्छे यहाँ ।
रितै छन्, चकमन्न छन् जगतका संस्कार रोए यहाँ ।।

खै विज्ञान कहाँ छ ? यो बखतमा खै औषधीको घडा ?
सारा विश्व मिलेर खोज बरु यो सञ्जीवनीको जरा ।।
हाम्रो मानवता र यो प्रकृतिको नाता सुधारौ अनि ।
पापी रोग परास्त हुन्छ सहजै, आफै बनौ औषधी ।

नन्दलाल गौतम
चाँगुनारयण न. पा.—१
दुवाकोट, भक्तपुर

:380 Views

Leave a Reply