कोरोनाको महामारीको कारण पुरै देश अहिले लकडाउनको अवस्थामा छ । सरकारको अघिल्लो निर्णय अनुसार आज वैशाख ३ गते लकडाउनको समयावधि सकिनुपर्ने हो । तर कोरोना संक्रमितको संख्या बढेसंगै आगामी १५ गतेसम्मका लागि लकडाउन थपिएको छ । जसकारण परीक्षा दिन तयार भएर बसेका विद्यार्थीहरुका लागि ठूलो समस्या सिर्जना भएको छ ।
यहि समस्यालाई ध्यानमा राख्दै ट्रीटन इन्टरनेशनल कलेजले आफ्ना विद्यार्थीहरुलाई अनलाईन कक्षाको सुरुवात गरेको छ । कलेजले विशेष गरी प्लस टु र ब्याचलरका विद्यार्थीहरुलाई लक्षित गरी कक्षा संचालनमा ल्याएको हो ।
कलेजले चैत्र २५ गतेदेखि ब्याचलरको अनलाईन कक्षा संचालन गरेको थियो भने गत बैशाख १ गते देखि प्लस टु को अनलाईन कक्षा पनि संचालन गर्न थालिएको छ ।
कलेजका चिफ अपरेटिङ अफिसर ऋतु न्यौपानेले गुगल ह्याङ्गआउटमार्फत अनलाइन कक्षा शुरू गरेको जानकारी दिईन्। यसरी दिईएको कक्षा निकै प्रभावकारी भएको पनि उनले बताइन् । गाउँ गएका विद्यार्थीहरूका लागि पनि रेकर्ड गरेर पठाईने गरिएको उनले बताइन् ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव