संशय

प्रिय बन्दाबन्दी,
तिमीलाई थाहै छ हाम्रो चर्तिकला
हामी के को आगो बाल्छौँ
के के पकाउँछौँ
कति सगज हुन्छौँ र अघि बढ्छौँ !

दिग्गज रवीन्द्र समीर
दिनको २–३ पटक हामीलाई ब्युँझाउँछन्
हामी ब्युँझिनुको साटो दिउँसै सुत्छौँ
हामी सधैँ उत्तेजनामा छौँ
मानौँ, रमाइलोमा छौँ
भय लिन्छौँ भय दिन्छौँ
आगो बाल्छौँ धुँवा फाल्छौँ
र त्यही गफ चुट्न चोक पुग्छौँ
विचरा सडक सुनसान छ
त्यै सुनसान हेर्न
हूल हूल बाहिर निस्किन्छौँ

कोरोना लाखे नाच होइन
कोरोना एक्वारियमको माछा होइन
चाल पायौँ हामीले ?

हामी पनि हौँ कोभिड लडाइँका योद्धा
तिमी नै भन
यस्तो पाराले
बस्ती नसल्किएला ?
चालु युद्ध जितिएला ?

बासुदेव अधिकारी
साहित्यकार

 

:306 Views

Leave a Reply