भक्तपुर नपाद्वारा एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण

भक्तपुर, चैत ५ | भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न भक्तपुर नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने निर्णय गरेको हो । बैठकले कक्षा प्रसारणको लागि आवश्यक व्यवस्था नगर शिक्षा शाखालाई जिम्मेवारी दिने निर्णय ग¥यो । एसईई परीक्षाको लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक आदि सबै अनिवार्य विषयको कक्षा सञ्चालन हुनेछ ।
:387 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव