विद्यार्थीसामु ‘टकिङ टिचर’ को जादु !

भक्तपुर । निलो रङको ‘डल्फिन’ तर समुद्रको होइन, कृत्रिम, प्लाष्टिकले बनेको । त्यसलाई शिक्षिकाले बुढी औंला र चोर औंलाले कलम समाएको जस्तै गरी समाइन् । अनि विस्तारै कितावतिर अघि बढाइन् ।

चिल्लो कितावको एक चित्रमा उनले त्यही ‘डल्फिन’ को मुखले चित्रमा छुवाइन । त्यहीँबाट आवाज आयो ।

‘डग’

त्यसैगरी अर्को चित्रमा पनि छुवाइन्, त्यहाँबाट पनि आवाज निस्कियो– ‘प्यारट’ ।

यति मात्र होइन, प्यारट कसरी कराउँछ ? कराउँदा कस्तो आवाज निस्कन्छ ? डग कसरी कराउँछ ? भन्ने पनि यही वस्तुले सुनायो । कक्षाका बालबालिकाहरु त्यसैमा झुम्मिए । शिक्षकले जादु देखाएको हो कि ? भन्ने लाग्यो ।

हेर्दा हेर्दै त्यही ‘डल्फिन’ ले ‘प्रनाउन्सिएसन’ अर्थात् उच्चारणमात्र नभएर स्पेलिङ अर्थात् हिज्जे पनि क्रमश भन्न थाल्यो । पीएआरआरओटी, डिओजी आदिआदि ।

माथिको दृष्य हो, भक्तपुरको सिद्धार्थ विद्यापीठको एउटा कक्षाको । विद्यालयले प्रयोगमा ल्याएको ‘बोल्ने डल्फिन’ मार्फत नै पठनपाठन भएपछि विद्यार्थी मख्ख भएका छन् भने शिक्षकशिक्षिका दंग ।

कक्षामा पुगेर एकोहोरो कराएर पठनपाठन गराउनुको सट्टा विद्यार्थीलाई फरक स्वाद दिएर अध्यापन गराउनका लागि विद्यालयले यही शैक्षिक सत्रबाट ‘टकिङ टिचर’ माध्यमले अध्यापन सुरु गरेको हो ।

‘टकिङ टिचरको प्रयोगले विद्यार्थीहरुलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज भएको छ’ विद्यालयकी संस्थापक प्रिन्सिपल दीपिका थापा रिमालले भनिन्, ‘यसले विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि सजिलो बनाइदिएको छ, स्पेलिङ इरर हुने समस्या, उच्चारणको समस्या समाधान भएको छ ।’

शिक्षणमा भित्रिएको विभिन्न विधि र प्रविधिमध्ये विद्यार्थीहरुको पढाइलाई पनि सहयोग गर्ने र त्यसमा विद्यार्थीले रुचाउने विधिलाई मनन् गरी टकिङ बुक प्रयोगमा ल्याएको उनको भनाइ छ ।

विभिन्न विकसित देशरुमा मात्र सीमित विधिलाई नेपालमा पनि भित्र्याउने काम गरेको बताउँदै उनले सो विधि पर्पल टर्टर अन्तर्राष्ट्रिय प्रि स्कुलको पहलमा नेपालमा पनि भित्रिएको जानकारी दिइन् ।

विद्यार्थीहरुलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज भएको छ, विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि सजिलो बनाइदिएको छ, स्पेलिङ इरर हुने समस्या, उच्चारणको समस्या समाधान भएको छ ।

‘आजभोलिका बालबालिकाहरु मोबाइल, कम्प्युटर, ल्यापटपमा झुम्मिने गरेका छन् । त्यसले उनीहरुमा विभिन्न स्वास्थ्य समस्या पनि देखिएका छन् । त्यतिमात्र नभएर उनीहरुमा पढ्ने बानीमा पनि ¥हास आइरहेको छ । यो समस्यालाई कम गर्न विद्यार्थीको पढ्ने सीपमा विकास गराउन, सुनाइका आधारमा लेख्न सक्ने बनाउनका लागि ‘टकिङ बुक’ प्रयोगमा ल्याएका छौं ।

यो प्रविधिअन्तर्गत ‘नेपाली’ र ‘अँग्रेजी’ दुबै भाषामा अलग अलग पाठ्यपुस्तक छन् । यसमा कुन भाषामा पढ्ने भन्ने विकल्प भएकाले शिक्षकलाई पनि शिक्षणका लागि उपयोगी भइरहेको छ । यो प्रविधिको विकासले शिक्षकलाई एकजना सहजकर्ताको रुपमा विकास गर्न पनि टेवा पुगेको उनको भनाइ छ ।

:7751 Views

Leave a Reply