कोभिद्को कोप

कोभिदको कोपभाजनले
मान्छेमा विभाजन ल्यायो
कोरोणाले करुणा जगायो
सबैलाई घरमै बस्ने बनायो ।

रोम जलेको बेला निरो
बाँसुरी बजाउने हीरो थियोे
इटालिको ताली करुण पुकार
विश्वलाई नै रुवाउने बनायो ।

बाजको एकछत्र राज थियो
एक जीवाणुले साम्राज्य हलायो
मचबनयल न नगल ले ढल्यो न बमले
एक सूक्ष्म भाइरसले गलायो ।

साढेको जुधाइमा रमाउनेहरु
कोभिद्को भीडमा हराएको छ
हिटलरको तानाशाही प्रवृत्ति
कोरोना जेर्मनीमा छ ।

नेपोलियनको बिश्व बिजय यात्रा
कोभिद्ज्ञढतज ले निरन्तरता दियो
कहिल्यै सुर्य नस्ताउने देशमा
कोरोनाले डेरा जमायो ।

मन्दिरै मन्दिरको सहरमा पस्यौ
भगवानहरु त घरमा बसेको छ
कोरोनाले भिड खोजेको छ
कोभिडलाइ रित्तै फर्काउनु छ ।

पुण्यराम कवां
प्रिन्सिपल
पारागन एकेडेमी
कमलविनायक, भक्तपुर

:225 Views

Leave a Reply