श्वेत युद्ध यो

अटेरिले भोलि धतेरी
भन्न नपरोस् हजुर
आज लखर लखर रहर
भोलि पार्देला है सोत्तर ।

बुझेर फेरिपनि बाहिर हुल्ने
सम्झेर आजपनि शहर डुल्ने
नानीदेखि लागेको बानीलाई
अब के कर्फ्यु नलगाई नहुने ।

मरेर गएकाले पाठ दिएका हुन
नजरबन्दमा बसेर बुझून
पीडा सबलाइ छ बिदा नहोउन
यिअप मयधल मा घरमै बसून ।

घर बस्ने हाम्रो ज्यान जान बेरछैन
श्वेत युद्ध यो जित्नुपर्छ
संक्रमणको आक्रमण रोक्ने
योद्धा हौं हामी घरमै बस्नुपर्छ ।

पुण्यराम कवां
प्रिन्सिपल
पारागन एकेडेमी
कमलविनायक, भक्तपुर

 

 

:229 Views

Leave a Reply