प्रवाहको पर्खाइमा

कोरोनााको सुनामिले
अमेरिका बगायो
बगेर इटालिमा
लाशको पहाड उठायो
यहि पहाड चढ्नलाई
फ्रान्स तयार भयो
चढ्दै ढल्दै गर्दा अब
बेलायत अघि बढ्यो
जिन्दगीको दौड यो
मृत्युले मात्र जितेको छ
अहंकारले पृष्ठपोषण पाए
चिताको अगेनो धिपिक्क बल्छ
जर्मनीको खरानी
चिहान ईरानीको भन्दैन
मशानको आगोमा
चिनियाँ पोलेका छन
मानवता हराएको शहरमा
कोभिद्को भिड लागेकोछ
मलामी पनि आउने हुदैन हो
आफू मरेको दिन
आकाश सङ्लिएको दिन
आफू थुनिनु पर्यो
बसेको छु म त हजुर
नथुनी प्रवाह आउन्दैन ।
पुण्यराम कवां
प्रिन्सिपल
पारागन एकेडेमी
कमलविनायक, भक्तपुर
सम्बन्धित अभिलेखहरू
श्वेत युद्ध यो
प्रवाहको पर्खाइमा
कोभिद्को कोप
संशय
बिभिषिका र जून परी
चङ्गा र चस्काहरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव