रोटरी क्लबद्वारा मेडिकल सामग्रीहरु हस्तान्तरण

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर र ईनर ब्हिल क्लब अफ मध्यपुरले सयुक्त रुपमा विभिन्न मेडिकल सामग्रीहरु भक्तपुर क्यान्सर अस्पताललाई एक समारोहका बिच हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा ४ थान थर्मल गन, ५ थान पिपिई सेट र २५० थान सर्जिकल मास्कहरु रहेका छन् । रोटरी क्लबका तर्फबाट संस्थापक अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापति, ईनर ब्हिल क्लबबाट अध्यक्ष रुपा श्रेष्ठले यी सामग्रीहरु अस्पताल प्रशासनलाई प्रदान गरेको थियो । कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्ष डा. रोशन प्रजापति र ईनर ब्हिल क्लबका संस्थापक अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिको समेत उपस्थिति रहेको थियो । विश्वका अधिकांश मुलुकहरुमा हाल महामारीका रुपमा फैलिई रहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न यी स्वास्थ्य उपकरणहरुले निश्चय पनि केहि हदसम्म सहयोग पु¥याउने कार्यक्रम संयोजकले बताए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव