शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका छन्।
शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरिइको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यस्तो बताएका हुन्।शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतवार सुझाव प्रतिवेदन बुझाउँदै छ।
विपदको समय भएकाले परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प दिइरहेको भए पनि सरकार अझैपनि कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा छ। विद्यालय तहको अन्तिम परिक्षा भएकाले १२ कक्षाको परीक्षा गर्नैपर्ने मन्त्री पोखरेलको भनाइ छ।
स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्ट्रिय परिक्षा बोर्ड तयारी गरेको बताए। ‘घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ’, मन्त्री पोखरेलले भने।
यसैगरी पोखरेलले सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको बताए।
यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव नभएका कारण नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको जानकारी उनले दिए।
अबको एक हप्ताभित्र सबै विद्यालयको नतिजा निकाल्ने र अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए। ‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन। परिक्षाहरु पनि संचालन हुनसक्छन्’, उनले भने।
जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताएका छन्।
यस्तै मन्त्रालयले अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ। सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ।
समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको जानकारी उनले दिएका छन्।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव