दृष्टि बिहिन परिवारलाई रोटरी क्लबको राहत सामग्री

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा न २ मगर गांउमा बसोबास गर्दै आएका १५ दृष्टि बिहिन परिवारलाई रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लव अफ मध्यपुरले संयुक्त रुपमा विभिन्न राहत सामग्रीहरु वितरण गरिएको छ । सो राहत सामग्रीमा प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ किलो चिउरा, १ किलो चिनी, १ लिटर खाने तेल, १ प्याकेट नुन लगायतका सामग्रीहरु थिए । कार्यक्रममा मध्यपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष राम थापा मगर, रोटरी क्लव, रोटाराक्ट क्लव, र ईनर व्हिल क्लव अफ मध्यपुरका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष राम थापा मगर, रोटरी क्लबका अध्यक्ष उषा प्रजापति, क्लबका संस्थापक अध्यक्ष सुरेन्द बिक्रम प्रजापतिले बोलेका थिए । बिगत १ महिनाभन्दा बढी समयदेखि पूरै देश लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरी खानु पर्ने सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको छ ।
:422 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव