‘कक्षा १२ मुनिको परीक्षा लिनुपर्दैन’ ः मन्त्री दुलाल

भक्तपुर । बाग्मति प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले कक्षा १२ मुनिका परीक्षा आवश्यक नरहेको बताएका छन् । शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभावमा प्रदेश ३ सरकारको शिक्षा क्षेत्र व्यवस्थापनको तयारी’ बारेमा गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उनले ढिलै भएपनि कक्षा १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिनुपर्ने धारणा राखेका हुन् ।
कक्षा १२ को परीक्षा बाहेकका कक्षामा विद्यालयले अन्य परीक्षाफलका आधारमा विद्यार्थीलाई कक्षा चढाउने र आवश्यक विद्यार्थीलाई कक्षा दोहोर्याउन सकिने बताएका छन् । ‘एसईई परीक्षा लिनुपर्दैन । शिक्षा ऐनमा केही परिवर्तन गरेर विद्यालयमार्फत नम्वर मागेर एसईई परीक्षा नलिई उनीहरूको कक्षा ११ को पठनपाठन सुरु गर्न सकिन्छ’ उनले भने, ‘यदि एसईई नलिई नहुने हो भने होम सेन्टर बनाएर सामाजिक दूरी कायम गरेर मात्र लिनुपर्छ ।’
त्यस्तै विद्यालय तहको सबै कक्षाको पाठ्यपुस्तक विद्यालयले व्यवस्थापन गरी विद्यार्थीको घरघरमा पुर्याउने व्यवस्था गर्ने बाग्मति प्रदेशको योजना छ । कक्षा ६ देखि १० को अंग्रेजी, गणित र विज्ञान विषयका कक्षाहरू रुटिङ मिलाएर स्थानीय एवम् केन्द्रिय सञ्चार माध्यमबाट सञ्चालन गर्न सकिनेमा उनले जोड दिएका छन् । नियमित कक्षा सुरु नभएसम्म कक्षा, विषय र समय छुट्याएर संघीय, प्रदेश र स्थानीय तहले दुरसञ्चारका माध्यमबाट पठनपाठन गराउन उनले सुझाव दिएका छन् ।
:938 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव