कोभिड–१९ विपत व्यवस्थापनमा सूर्यविनायक प्याब्सनको सहयोग

भक्तपुर, बैशाख २१ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण विश्व मानव जाती आक्रान्त भईरहेको वर्तमान परिवेशमा नेपाल पनि प्रभावित भएको कुरा सर्व बिदितै छ । यस संकटको घडीमा हरेक नेपालीले आ–आफ्नो तर्फबाट देश प्रति वहन गर्नु पर्ने उत्तरदायित्व बोध गरि आफूले सकेको सहयोग पु¥याउनु नागरिकको कर्तव्य हो । त्यसैले यस नगरपालिकाभित्र संचालित प्याब्सन अन्र्तगतका ३२ वटा संस्थागत विद्यालयहरुले पनि आ–आफ्नो क्षमता अनुसार सहयोग रकम रु.४,७५०००÷– (चार लाख पचहत्तर हजार) जम्मा गरि त्यस मध्य स्थानिय तहमा कोभिड–१९ विपत व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिकालाई रु.३,०५,०००÷– (तीन लाख पाँच हजार) चेक मार्फत नगरपालिकाको कार्यालयमा नगर प्रमुख बासुदेव थापालाई प्याब्सन सूर्यविनायक नगर समितिका सल्लाहाकार भुवनलाल श्रेष्ठ, सचिव विनोद काफ्ले, कोषाध्यक्ष भोला चौधरी र प्याब्सन अन्य पदाधिकारीहरुको उपस्थितिमा समितिका अध्यक्ष सानुराजा कार्की र उपाध्यक्ष दिनेश मैनालीबाट हस्तान्तरण गरिएको थियो ।
बाँकी रकम प्याब्सन केन्द्रिय कमिटी मार्फत राष्ट्रिय विपत कोषमा जम्मा हुने गरि पठाइएको सुर्यविनायक प्याब्सन प्रमुख राजुराजा कार्कीले जानकारी दिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव