गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन

भक्तपुर, बैशाख २२ । चाँगुनारायण न.पा वडा नं. २ मा अवस्थित गोल्डन सुनगाभा स्कुलले आज शैक्षिक सत्र २०७६ को कक्षा नर्सरी देखि कक्षा—९ सम्मको (कक्षा—८ बाहेक) नतिजा प्रकाशन गरेको छ । विद्यालयको औपचारिक क्यालेण्डरमा बैशाख ५ गते शनिबार नै प्रकाशन गर्ने भनिएता पनि कोरोना भाइरसको माहामारी र लक डाउनका कारण स्थगित गरिएको परीक्षा संयोजक बिनय खड्काले बताए । हालसम्म पनि अभिभावकलाई विद्यालय बोलाएर नतिजा वितरण गर्न सक्ने अवस्था नभएको र लामो समय सम्म नतिजा स्थगित गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न जान सक्ने अवस्थालाई मध्यनजर गर्दै अनलाइन मार्फत नतिजा प्रकाशन गरिएको विद्यालयका प्रिन्सिपल महेश चन्द्र गौतमले बताए ।

कसरी हेर्ने बाल—बालिकाको नतिजा ?
— Google वा googlle.com मा online.goldensungava.edu.np टाइप गरि Login गर्ने,
— विद्यार्थीको Id Card बाट Regd.No.लाई Username मा टाइप गरि र सोहि विद्यार्थीकोRegd. No. सँगै @123 थपी Password मा टाइप गरि Login गर्नुहोस् ,
— त्यसपछि Exam & Result मेनु मा थिच्ने (Click गर्ने), अनि Final Term Exam भन्ने सूचिमा (Click गर्ने),
— यसरी आफ्ना नानी—बाबुहरुको नतिजा हेर्न सकिनेछ ।

त्यस भन्दा बाहेक प्रत्येक कक्षा शिक्षकले आ—आफ्नो कक्षा को मेजेन्जर गु्रप सृजना गरिएको र त्यसबाट पनि पास या फेलको नतिजा थाहा पाउन सकिन, अनलाइन मार्फत रिजल्ट हेर्न नमिल्ने अभिभावकहरुले सम्बन्धित कक्षाको कक्षा शिक्षकलाई फोन गरेर थाहा पाउन सकिने विद्यालयको बताएको छ ।

साथै बैशाख २२ गते सोमबार (आज) देखि नै अनलाइन कक्षाहरु संचालन हुन गइरहेकोले आफ्ना नानीबाबुहरुले कक्षा शिक्षकले सृजना गरिएको मेसेन्जर गु्रपमा जोडिएर आफ्ना नानीबाबुहरुलाई अनलाइन कक्षामा सहयोग गराइदिनुहुन विद्यालयले अनुरोध गरेको छ ।

त्यसै गरी गत २ हप्तादेखि विद्यार्थीहरुको सृजना सुनगाभा स्कुलको फेसबुक पेज मार्फत अपलोड भइरहेको त्यसलाई प्रतियोगिताको रुपमा अगाडि बढाइरहेकोले आफ्ना नानीबाबुहरुको सृजना (कथा, कविता, निबन्ध, नाट्यकला, वाद्यवादन, …आदि) उक्त फेसबुक पेजमा अपडोल गरिदिनुहुन पनि सम्पूर्ण अभिभावक वर्गमा प्रिन्सिपल गौतमले अनुरोध गरेका छन् ।

Result of Final Terminal Examination

:504 Views

Leave a Reply