पुस्तक किन्दा होसियार!

भक्तपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लकडाउनको समयमा स्थानीय पालिका, विद्यालय र नजिकका शिक्षकमार्फत सिकाइ सामग्री निर्माण गरी विद्यार्थीको घरसम्म पुर्याउन सकिने बताएका छन् ।
‘चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन कसरी?’ भन्ने विषयमा गरेको शिक्षा बहसमा उनले अहिले पढाउने भन्दा पनि सिकाउनेमा केन्द्रित हुन शिक्षक र विद्यालयहरूलाई आग्रह गरेका छन् । ‘किताब बाहेक सिकाउने माध्यम धेरै हुन्छन् । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक मात्र नभई शिक्षकका लागि शिक्षक निर्देशिका पनि केन्द्रको वेवसाइटमा राखेको छ । त्यस्तै साना विद्यार्थीका लागि १५० भन्दा बढी सन्दर्भसामग्री वेवसाइटमा राखिएको छ ।’ उनले भने ।
केही न्यून पुस्तक छपाइ बाकी भएपनि यो शैक्षिक सत्रका लागि आवश्यक पाठ्यक्रम तयार भइसकेको औल्याउँदै पाठ्यपुस्तक छपाइमा नभई वितरणमा समस्या देखिएकोमा उनले चिन्ता व्यक्त गरे । दुर्गम जिल्लामा फागुनदेखि नै पठनपाठन सुरु भइसकेको उनले जानकारी दिए । इन्टरनेटको सुविधा भएकाले केन्द्रको वेवसाईटबाट पुस्तक हेर्न सक्ने र पहुँच नभएका ठाउँमा रेडियो र टिभी माध्यमको प्रयोग गर्न सकिने उनको सुझाव छ ।
उनले सबै पुस्तक पाठ्यपुस्तक नभएको स्पष्ट पार्दै कक्षा १ को पाठ्यसामग्री हालसम्म स्वीकृत नभएको दाबी पनि गरे र भने, ‘अहिले बजारमा पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत भन्दै केही पुस्तकहरू आएको देखिएका छन्, जुन केन्द्रले स्वीकृत नै गरेको छैन । २ हजारसम्म मूल्य भएका कक्षा १ का पुस्तक बजारमा भेटिएका छन्, त्यस्तो गर्न पाइदैन ।’ उनले थपे, ‘अबको सोमबार सबै प्रकाशकलाई पुस्तक माग गरेका छौँ । स्वीकृत भएपछि मात्र ती प्रयोगमा आउन पाउँछ । जनक शिक्षा सामग्रीमार्फत प्रकाशन भएका किताब विद्यालयमा लगाएपछि आवश्यक परेमा मात्र यी सन्दर्भ सामग्री पुस्तकहरू लाग्ने हुन् ।’
:626 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव